Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको नाफा घट्याे, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १० : ४८ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको नाफा घट्याे, ईपीएस कति ?

मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार पहिलाे त्रैमाससम्म आइपुग्दा फाइनान्सले २ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ७९.९७ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

पहिलाे त्रैमाससम्म आइपुग्दा फाइनान्सले खुद व्याज आम्दानी भने बढाएर ५० लाख ८८ हजार रूपैयाँ पुर्याएकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १९६.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १७ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, फाइनान्सकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ, प्रतिसेयर आम्दानी २१ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ  :

6180c8e8e3964.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको