Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे सामलिङ्ग पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ११ : २३ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे सामलिङ्ग पावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (कार्तिक १६ गते, मंगलबार) सम्पन्न भएकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियाे । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको