Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ लाख ३३ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १३ : १२ मा प्रकाशित

नेप्सेमा ७ लाख ३३ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ७ लाख ३३ हजार २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

यसका साथै, कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

 

61823aef829d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको