Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको सुरूवातसँगै सेयर बजारमा झिलीमिली : नेप्से परिसूचक हरियो सेन्सेटिभ परिसूचक रातो

नेप्से

बुधबार, १७ कार्तिक २०७८, १५ : ०२ मा प्रकाशित

तिहारको सुरूवातसँगै सेयर बजारमा झिलीमिली : नेप्से परिसूचक हरियो सेन्सेटिभ परिसूचक रातो

तिहार अघिकाे अन्तिम काराेबार दिन आज (बुधबार) पनि नेप्से परिसूचक बढेकाे छ । नेप्से परिसूचक बढ्दा सेन्सेटिभ परिसूचक भने घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यता, सेन्सेटिभ परिसूचक भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा पुगेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर बढेकाे छ  । 

त्यसैगरी, बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १ अर्ब १७ कराेड ९७ लाख ८६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बैंकले हिजाे मात्र बम्पर लाभांश घाेषणा गरेकाे छ । बैंकको हिजाे कार्तिक १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । याे लाभांश बैंकहरूमध्येकै उच्च लाभांश हाे ।

यसैगरी, आज महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३ रूपैयाँ पुगेकाे छ । यस्तै, साहास उर्जा कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कमपनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । 

यस दिन छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ४ सय ९० रूपैयाँमा झरेकाे हाे । 

तपाईले किनेका सेयरको आगामी यात्रा कता? Company Analysis | विश्लेषक Bimal Tiwari को Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको