Like us!
Follow us!
Connect us!
Watch us!

हार्ड रक क्याफे संचालनमा, यस्ता छन् विशेषता

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १७ : २१ मा प्रकाशित

हार्ड रक क्याफे संचालनमा,  यस्ता छन् विशेषता

नेपालको एकमात्र हार्ड रक क्याफे अन्तत: यही २८ अक्टोबरदेखि काठमाडौंमा संचालनमा आएको छ । दरबार मार्ग अक्टोबर  हार्ड रक क्याफे काठमाडौंले आफ्नो प्रवेश द्वार मनोरम नगरी काठमाडौंको मुटु दरबारमार्गमा अवस्थित शेर्पा मलमायही २८ अक्टोबर साँझ ७ बजेदेखि सर्वसाधारणका लागि खुला गरेको छ ।

संगीत उद्योगका केही प्रख्यात कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स्र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ ।

भव्यमलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको यस रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । क्याफेको मेनुको सबै भन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ ।

यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पीप्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडा भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टीक ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकनवापोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन,कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्याण्डवीचहरु बार्बीक्यू गरिएको चिकनवा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वाचीजफ्राई गरेर पस्किइनेछ ।

मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याकपोर्क रिब्स पनिहो,जुनखास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट आयात गरिएको हो । ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिन्छ, त्यसपछि घरेलु बार्बीक्यू ससको साथमामिसाएर सटिकताकोलागि ग्रील्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र र्यान्च स्टाइलका सिमिहरुसँग पस्किइन्छ ।

त्यस्तै क्याफेमा सन् १९४०को हर्रिकेन–ह्वाइट रमको न्यूओर्लन्स क्लासिकमिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायतबूजीमिल्कसेकहरु र मौलिक कक्टेलहरु सहितका उत्कृष्ट बियर र वाइनहरुको संग्रह रहेको छ ।

क्याफेमा आउनेहरुले आफ्नो सम्झनाको चिनो स्वरुपविषेश वस्तुहरु खरिद गरिने हार्ड रक “Rockshop”पनि छ ।हार्डरक क्याफेले प्रारम्भमा हरेक दिन राती स्थानीय प्रतिभाहरुको साँगीतिक सिर्जना प्रस्तुत गरेर उनीहरुको प्रतिभा प्रवद्र्धनमा सहयोग गर्नेछ र हरके शनिबार दिउँसो १ देखि ३ बजेसम्म एकोइस्टिक ब्रन्चको संचालन गर्ने छ ।

हार्ड रक क्याफे काठमाडौं हरेक दिनविहान ११ः३० बजेदेखि खुला हुनेछ भनें बिहीबारदेखि शनिबारसम्म विहान २ बजे बन्द हुनेछ र आइतबारदेखि बुधबारसम्म मध्यरातमाबन्द हुनेछ । हार्ड रक“च्यअपकजयउ”हरेक दिनविहान १० बजेदेखि राती ११ बजेसम्म संचालन हुनेछ ।

618274d25c209.jpeg 618274d261342.jpeg 618274d3a425d.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको