Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

शुक्रबार, १९ कार्तिक २०७८, ०८ : २९ मा प्रकाशित

नेप्सेमा ६ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ६ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ५ वटा कम्पनीकाे बाेनस सेयर र एउटा कम्पनीकाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ७ लाख ३३ हजार २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे छ। कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । यसका साथै, कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

ज्योति विकास बैंक लिमिटेडको “९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” को १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट असार ३० गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे । साेही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएकाे छ । संस्थाकाे सञ्चालक समितिकाे बैठकले २०७६/७७ काे मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७.८१ प्रतिशत बाेनस बापतकाे २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४९.४० प्रतिशत बाेनस बापतकाे ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५.५० प्रतिशत बाेनस बापतकाे २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको छ। कम्पनीकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको