बैंक अफ काठमांडौ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा श्रवण मास्के नियुक्त भएका छन् । बुधबार बसेको बैंकको २०७ औं सञ्चालक समितिको बैठकले चार वर्षका लागि मास्केलाई सिइओमा नियुक्त गरेको हो ।
यहि कार्तिक १७ गते देखि लागु हुने गरी बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केलाई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकबाट आफ्नो बैकिङ करियर सुरु गरेका मास्केसंग बैकिंङ क्षेत्रमा ३ दशकभन्दा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैङ्करका रुपमा लिने गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस