Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको नाफा २६ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, ०८ : ४९ मा प्रकाशित

मिथिला लघुवित्तको नाफा २६ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २६.३१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ५७ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ९.९० प्रतिशतले बढेर २ करोड ३७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड १५ लाख ५२ हजार रूपैयाँमा सिमित थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३०.२५ प्रतिशतले बढेर ३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १३ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा १५ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ३ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको