Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको खुद नाफा ६० % ले बढ्यो,खराब कर्जा ३.३९ प्रतिशत

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १३ : ३४ मा प्रकाशित

मिथिला लघुवित्तको खुद नाफा ६० % ले बढ्यो,खराब कर्जा ३.३९ प्रतिशत

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६०.८५ प्रतिशतले बढेको छ ।

खुद नाफा

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षमा ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.८५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष खुद नाफा २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै थियो ।

खुद ब्याज आम्दानी

कम्पनीको खुद ब्याज आम्दानी पनि ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष खुद ब्याज आम्दानी ९ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । कम्पनीको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा

कम्पनीको सञ्चालन नाफामा ३०२६.६५ प्रतिशतको भारी वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १८ लाख ९९ हजार रुपैयाँ थियो ।

कुल सञ्चालन आम्दानी

गत असारसम्म कम्पनीको कुल सञ्चालन आम्दानी ३८.६६ प्रतिशतले बढेर १८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १३ करोड ५६ लाख २१ हजार रुपैयाँ मात्रै थियो ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

समीक्षा अवधिमा  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा छ ।

खराब कर्जा

गत असारसम्म कम्पनीको खराब कर्जा १.३९ प्रतिशतले घटेर ३.३९ प्रतिशतमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको