मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषित लाभांश संशोधन गरेको छ।
यसअघि कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।
अहिले कम्पनीले बोनस सेयर र नगद लाभांशमा भने केही मात्रामा थपघट गरेको हो। जसअनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस