Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको नाफा ३५.८० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, ११ : २४ मा प्रकाशित

मिथिला लघुवित्तको नाफा ३५.८० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

मिथिला लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा र आम्दानी दुवै बढेको छ । 

खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससमा मिथिला लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा ३५.८० प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ७४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी र सञ्चालन नाफा

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ४२.४६ प्रतिशतले बढेर ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले २ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा ७२.०२ प्रतिशतले बढेर १ करोड ८ लाखरुपैयाँ पुगेको छ । 

खराब कर्जा

यसको खराब कर्जा भने बढेर ४.६९ प्रतिशतबाट बढेर ५.१८ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी/जगेडा कोष

हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १५ करोड २८ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ छ । 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको