Like us!
Follow us!
Connect us!
Watch us!

देउवालाई कमल थापाको जवाफ : राजालाई गाली गरेर अब शासन चल्दैन

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १६ : ३५ मा प्रकाशित

देउवालाई कमल थापाको जवाफ : राजालाई गाली गरेर अब शासन चल्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुनाव लडेर राजनीति गर्न ज्ञानेन्द्रलाई सुझाएका बेला यो अभिव्यक्तिमा थापाले जवाफ दिएका हुन् ।

थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गरेका छन् ।

'न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो,' उनले भनेका छन्, 'राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको