Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद पुनर्गठन, आजै सपथ ग्रहण हुने

अर्थ संसार

सोमबार, २० असार २०७९, १३ : १८ मा प्रकाशित

मन्त्रिपरिषद पुनर्गठन, आजै सपथ ग्रहण हुने

जनता समाजवादी पार्टी नेपालका तर्फबाट सरकारमा सहभागी ४ मन्त्रीहरु मध्यमा ३ मन्त्री परिवर्तन हुने भएका छन् । मन्त्री परिवर्तनका लागि पार्टीले गरेको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ ।

चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ भने यथावत नै छन ।

जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै विरोध पनि भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको