Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको ब्याज आम्दानीसंगै खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ०७ : २८ मा प्रकाशित

वोमी लघुवित्तको ब्याज आम्दानीसंगै खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ८२ लाख २० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ११७ प्रतिशतले बढेर १० करोड रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४ करोड ६३ लाख रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर ६ करोड ६४ लाख रूपैयाँ पुगेको छ । गत वर्ष संस्था २ करोड ६४ लाख रूपैयाँमा सिमित थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३७.७० गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको