Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १३ : ४० मा प्रकाशित

प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ । 

बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । 

धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे । 

प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको