Like us!
Follow us!
Connect us!
Watch us!

९ अर्बले घट्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १४ : ४१ मा प्रकाशित

९ अर्बले घट्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।

कार्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ९ अर्बले घटेकाे हाे । कार्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेकाे छ । कार्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

618cdbc75540c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको