Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीले गर्याे राम्रै प्रगति : नाफा ७८५.८२ प्रतिशतले बढ्याे, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, ०८ : ३७ मा प्रकाशित

माउन्टेन इनर्जीले गर्याे राम्रै प्रगति : नाफा ७८५.८२ प्रतिशतले बढ्याे, ईपीएस कति ?

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७८५.८२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २ रुपैयाँ १० पैसाबाट बढेर १४ रुपैयाँ ९१ पैसा पुगेको छ । कम्पनीकाे  प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्ष कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

618dd763d49a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको