Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीले निर्माण गर्न लागेको मिस्ट्री खोलाको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १२ : २१ मा प्रकाशित

माउन्टेन इनर्जीले निर्माण गर्न लागेको मिस्ट्री खोलाको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

माउन्टेन इनर्जी नेपालले निर्माण गर्न मिस्ट्री खोला २ जलविद्युत आयोजनाको कुनै पनि भौतिक संरचना निर्माण कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । ईश्वर प्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको हाे ।

माउन्टेन इनर्जीले निर्माण गर्न लागेको मिस्ट्री खोला २ जलविद्युत आयोजनाले “तातोपानी" को संरक्षणमा गम्भीर असर पर्ने भन्दै याे आयोजना राेक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्चमा रिट दर्ता भएको थियो । 

माउण्टेन ईनर्जी नेपाल प्रा.लि. ले अन्नपुर्ण गाउँपालिका वडा नं. ४ मा मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको पाइएकाे र  म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित तातोपानीको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको सन्दर्भमा सो स्थानमा भूगर्भविद सहितका सम्बन्धित दक्ष विज्ञहरुबाट विधिवत् रुपमा वातावरण प्रभाव मूल्यांकन कार्य सम्पन्न भएको नदेखिएकाे सर्वाेच्चले जनाएकाे छ ।

विस्तृत र भरपर्दो अध्ययन नगरी भौतिक स्वरुपमा परिवर्तन हुने गरी निर्माण कार्य गरिएमा प्राकृतिक रुपमा प्रवाहित हुँदै आएको “तातोपानी" को संरक्षणमा गम्भीर असर पर्न सक्ने सम्भावना रहेको पाईएकाे सर्वाेच्चले उल्लेख गरेकाे छ । तसर्थ सुविधा सन्तुलनका दृष्टिले सर्वाेच्चमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म तातोपानी कुण्डलाई असर पर्ने गरी मिस्ट्री खोला २ जलविद्युत आयोजनाको कुनै पनि भौतिक संरचना निर्माण कार्य नगर्नु, नगराउन भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको सर्वाेच्चले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको