Like us!
Follow us!
Connect us!
Watch us!

१५.७८ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो माउन्टेन इनर्जीको सेयर मूल्य ?

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १६ : ५७ मा प्रकाशित

१५.७८ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो माउन्टेन इनर्जीको सेयर मूल्य ?

आजको नेप्सेको कारोबार अगाडी माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर घोषणा गर्यो। 

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको सूचना सोमबार १० बजेको वरिपरि नेप्सेको स्क्रोलिङ्गमा देखियो । 

लगानीकर्ताले नरुचाए कै हो त लाभासं ?

सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि र हाइड्रोपावर २.८१ उप सूचक प्रतिशत वृद्धि हुँदा माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा भने गिरावट आयो। सोमबार मात्र कम्पनीको सेयर मूल्य २.९६ प्रतिशतले घटेको छ। आइतबार ६९३ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर सोमबार २०.३० रुपैयाँ घटेर ६६६ रुपैयाँमा कारोबार बन्द भयो। 

कम्पनीले लाभांश घोषणाको सूचना नेप्से मार्फत सूचना सार्वजनिक भए संगै आज बजारमा कम्पनीको क्रेता भन्दा  विक्रेता हाबी देखियो। जसको कारण नै कम्पनीको सेयर मुल्यमा भारी गिरावट आएको देखिन्छ। आज सोमबार मात्रै कम्पनीको २ लाख ८८ हजार २४२ कित्ता किनबेच भएको देखिन्छ। 

किन घट्यो सेयरको मूल्य ?

बजारमा कारोबार भइरहेको अधिकांश हाइड्रोपावर कम्पनीले लाभांश नदिएको अवस्थमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले घोषणा गर्दा यसले कम्पनीसँग निराश हुनु पर्ने तर्कसंगत कारण खासै देखिदैन। कम्पनीले अघिल्लो पनि आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिएको थियो।

बजारमा कारोबार गर्नेले प्रयोग गर्ने मन्त्र  ,'बाई अन रुमर्स एण्ड सेल अन न्यूज' भएको हुनसक्छ। कम्पनीको वित्तीय अवस्था र कम्पनीले कति लाभांश दिन सक्ने भन्ने हिसाब किताब लगानीकर्ताहरुले पहिले नै अनुमान लगाएर सेयर किनछन् र अनुकुल समयमा बेच्छन पनि । कम्पनी लाभांश आज घोषणा अधिकांश लगानीकर्ताले आफ्नो नाफा बुक गरेको पनि मान्न सकिन्छ। 

अर्को कारण भनेको यस जलविद्युत् कम्पनीहरुको केहि समय अगाडी मात्र संस्थापकको सेयरमा लकिङ पिरियड खुलेको थियो।  लकिङ पिरियड खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसपछि ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि कम्पनीको सेयर मुल्य ४३४ रुपैयाँ सम्म पुगेको थियो। बजारमा माग भन्दा आपूर्ति नै धेरै रहेको कारण कम्पनीको सेयरमा भारी गिरावट आएको थियो। त्यसबेला संस्थापकको सेलिङ्गको सेयरलाई किनेका लगानीकर्ताले पनि कम्पनीले घोषणा गरेको लाभांश घोषणालाई आधार मानेर आफ्नो नाफा बुक गरेको हुनसक्छ। 

कस्तो छ वित्तीय अवस्था ?

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ। यो गत वर्षको तुलनामा ४.३९ प्रतिशतले कम हो । गत वर्षको तीन महिनामा यसले २७ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

नाफा कम हुनुको प्रमुख कारण भने विद्युत बिक्री घट्नु देखिन्छ । गत वर्ष ४७ करोड २३ लाख रहेको विद्युत बिक्री यो वर्ष प्रथम त्रैमासमा भने घटेर ४५ करोड ४८ लाख कायम भएको देखिन्छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३९ पैसा देखिन्छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ ।

तपाईलाई के लाग्छ ? माउन्टेन इनर्जी नेपाल सेयर मुल्य किन घट्यो ? यो किन्ने बेला हो कि बेच्ने ? कृपया आफ्नो तर्क सहित कमेन्ट गर्नुहोला। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको