Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको शङ्कास्पद कारोबार : नेप्सेका कर्मचारीले भने, 'मिडियालाई जवाफ दिन्न'

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १६ : ५० मा प्रकाशित

माउन्टेन इनर्जीको शङ्कास्पद कारोबार : नेप्सेका कर्मचारीले भने, 'मिडियालाई जवाफ दिन्न'

धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्जमा प्रायजसो केही न केही घटना घटिरहन्छ । घटनामात्रै भन्दा पनि अझ यसलाई अर्को शब्दले व्याख्या गरौँ रहस्यमय घटना । नेप्सेमा अनेकौँ रहस्यमय घटना घट्नु नेपाली सेयर बजारसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूलाई सायदै नौलो नलाग्ला । यति मात्र हैन दोश्रो बजारमा बेला बेलामा कति कम्पनी र स्टकका शङ्कास्पद कारोबारहरू पनि भइरहन्छन् । 

हिजो सोमबार नेप्सेमा फेरि यस्तै एउटा शङ्कास्पद कारोबार भयो । नेप्सेमा हाइड्रोपावर समूह अन्तर्गत सूचिकृत माउन्टेन इनर्जी नेपालको शङ्कास्पद कारोबार भएको हो । कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य (क्लोजिङ प्राइस) एक हजार ३७ रूपैयाँ थियो । हिजो सोमबार नेप्सेमा प्रतिकित्ता ९०० रूपैयाँमा कम्पनीको ठूलो कित्ता कारोबार भयो । सोमबार माउन्टेन इनर्जीको ३३ हजार ७ सय ९७ कित्ता सेयर प्रतिकित्ता ९०० रूपैयाँमा कारोबार भयो । 

नेप्सेको सिस्टम अथवा प्रावधान अनुसार कुनै पनि कम्पनीको सेयरमूल्य १० प्रतिशत भन्दा धेरैले घटाएर कारोबार गर्न मिल्दैन । १० प्रतिशतले बढेमा सकारात्मक सर्किट लाग्ने र १० प्रतिशतले घटेमा नकारात्मक सर्किट लाग्ने प्रावधान रहेको छ । अघिल्लो दिन १०३७ रूपैयाँ रहेको माउन्टेन इनर्जीको सेयरमूल्य १० प्रतिशतले नै घटेपनि ९ सय ३३ रूपैयाँ ३ पैसा हुन्छ । तर नेप्सेमा ९०० रूपैयाँमा कारोबार भयो । जुन कारोबार नियम अनुसार गर्न सम्भव नै छैन । 

सम्भव नै नहुने कारोबार कसरी भयो यसको जवाफ केवल नेप्सेसँगै छ होला भनेर हामीले आज माउन्टेन इनर्जीको शङ्कास्पद कारोबारको बारेमा बुझ्न नेप्सेमा सम्पर्क गर्यौँ । सुरूमा नेप्सेका प्रवक्ता मुरहारी पराजुलीसँग यस विषयमा बुझ्दा उनले कारोबार शाखामा बुझ्न अनुरोध गरे । कारोबार शाखामा सम्पर्क गर्दा कारोबार शाखाका कर्मचारीबाट मिडियासँग बोल्दिँन भन्ने जवाफ प्राप्त भयो ।  मिडियाकाे कल भनेपछि काराेबार शाखाका कर्मचारीले प्रतिक्रिया दिनु जरूरी नै ठानेनन् ।

नेप्से आफैँले शङ्कास्पद कारोबारको बारेमा छानविन गरेर आवश्यक प्रक्रिया अगाडि बढाउनु पर्नेमा मिडियाले कारण खोज्दा पनि उल्टै जवाफ दिन नचाहानु कुनै हिसावले पनि जायज ठहरिँदैन । मिडियालाई त जवाफ दिन नचाहाने सम्बन्धित निकाय वा कर्मचारीले भोलिका दिनमा लगानीकर्ताहरूले आफ्ना गुनासो सुनाउँदा कसरी सुन्लान् ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको