माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो ११औं वार्षिक साधारण सभा बोलाएको छ। यो सभा पुस २८ गते आइतबार भाटभटेनी, काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स मा बिहान १० बजे सुरु हुनेछ।
साधारण सभामा आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विषय पनि सभामा प्रस्तुत गरिनेछ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने, र सञ्चालक समितिको निर्वाचन जस्ता प्रस्तावहरु पनि सभामा निर्णयार्थ पेश गरिनेछन्।
साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। यसका आधारमा पुस ९ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस