Like us!
Follow us!
Connect us!
Watch us!

९ वटा हाइड्राेपावरकाे लाभांश घोषणा : सबैभन्दा धेरै ङादी ग्रुपकाे, अरू कुनकाे कति ?

अर्थ संसार

शनिबार, २७ कार्तिक २०७८, १५ : ४० मा प्रकाशित

९ वटा हाइड्राेपावरकाे लाभांश घोषणा : सबैभन्दा धेरै ङादी ग्रुपकाे, अरू कुनकाे कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न ९ वटा हाइड्राेपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । 

लाभांश घाेषणा गर्ने ९ वटा हाइड्राेपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश घाेषणा गरेकाे छ भने थाेरैमा ४ वटा हाइड्राेपावरले बराबरी १०.५२६ प्रतिशत वितरण गर्ने घाेषणा गरेका छन् ।

हेर्नुस् कुनकाे कति ?

१. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीकाे लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १८ गते, शुक्रबारदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले  भदाै १७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १५ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले भदौ १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १२ गते सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २ गते, मंगलबार बुकक्लाेज गरेकाे थियाे। त्यसैले, कार्तिक १ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १७ गते, बुधबार सम्पन्न भएकाे कम्पनीको अठारौं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, कार्तिक ३ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १८ गते, शुक्रबारदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले  भदाै १७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असोज ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे । त्यसैले असाेज ६ गते, बुधबारसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।  कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ । उक्त प्रस्तावित लाभांश असाेज २४ गते, आइतबार सम्पन्न भएकाे कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

८. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको थियाे । उक्त प्रस्तावित लाभांश भदाै १८ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँमा सम्पन्न भएकाे कम्पनीकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको