Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको खुद मुनाफा बढ्यो, ईपिएस कति ?

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ०७ : २९ मा प्रकाशित

अरुण काबेलीको खुद मुनाफा बढ्यो, ईपिएस कति ?

अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २६ करोड ६९ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २२ करोड ५२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर २४ करोड ९५ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९९ लाख रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड ५० लाख ८४ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२६ रुपैयाँ ८१ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४.०६ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

61906a3daa19d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको