Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको साधारणसभा आज :हकप्रद सेयर जारी र थप लगानी अनुमोदन एजेन्डा

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, ०८ : ३२ मा प्रकाशित

अरुण काबेलीको साधारणसभा आज :हकप्रद सेयर जारी र थप लगानी अनुमोदन एजेन्डा

अरुण काबेली पावर लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा आज असोज ३ गते बसाउने भएको छ। कम्पनीले उक्त सभा काठमाडौंको पिंगलास्थानस्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे आयोजना गर्ने कार्यक्रम तय गरेको छ।

सभामा हाल कायम चुक्ता पुँजीको आधारमा १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। अर्थात्, हालको १० कित्ता सेयर बराबर ५ कित्ता नयाँ हकप्रद सेयर प्राप्त हुने व्यवस्था हुनेछ।

त्यससँगै कम्पनीले संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने र आगामी दिनमा थप लगानीका लागि स्वीकृति दिने प्रस्तावमाथि पनि छलफल हुनेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेस हुनेछ।

वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा समावेश छन्।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोज गरेको छ। त्यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा सेयर कायम गर्ने सेयरधनीहरू साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको