Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीले ३७.६० मेगावाट निर्माण गरिरहेको कावेली इर्नजीमा लगानी गर्ने

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ०८ : ४८ मा प्रकाशित

अरुण काबेलीले ३७.६० मेगावाट निर्माण गरिरहेको कावेली इर्नजीमा लगानी गर्ने

अरुण काबेली पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक ४ गते होटल क्रिस्टल गौशालामा बिहान ११ बजे देखि साधारण सभा गर्ने भएको हो। 

कम्पनीले सभामा विशेष प्रस्तावको रुपमा कावेली इर्नजी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनाको सेयरमा लगानी गर्ने प्रस्ताव अगाडी सारेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट लाभांस भने दिने छैन। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१.आर्थिक वर्ष २०८० / ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२.लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. अरुण काबेली पावर लिमिटेडले १ : १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरी संकलन गरेको रकम मध्येबाट कावेली इर्नजी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने सम्वन्धमा ।

२.काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको कावेली ए जलविद्युत आयोजना ( ३७.६० मेगावाट) मा कर्जा लगानी गर्ने  कुमारी बैंक लिमिटेडलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत (Corporate Guarantee) अनुमोदन गर्ने सम्बन्धमा ।

३. कम्पनीका नाममा रहेका पुराना गाडी / मोटरसाईकल/स्क्र्यापहरु विक्री गर्ने सम्वन्धमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको