Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको हकप्रद सेयर लिलामीका गोप्य शिल्ड बिड सोमबार खोलिने

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १८ : ५७ मा प्रकाशित

अरुण काबेलीको हकप्रद सेयर लिलामीका गोप्य शिल्ड बिड सोमबार खोलिने

अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर लिलामी बिक्रीमा आवेदन परेका गोप्य शिल्ड बिड भोलि अर्थात कार्तिक २० गते खोलिने भएको छ। 

सेयर लिलामको गोप्य शिल्ड भोलि बिहान १० बजे  नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिने भएको हो।

अरुण काबेली पावर लिमिटेडले २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गते सम्म अवितरित हकप्रद सेयर लिलामीमार्फत खुलाएको थियो।

कम्पनीले १स्१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा सर्वसाधारणतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयरमा आवेदन परेको थिएन ।

लिलामीमा सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिले शेयर पाउने छ । त्यसपछि सोही रितले सेयर संख्या कायम रहँदासम्म बाँडफाँड जारी रहनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको