Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १६ : ४६ मा प्रकाशित

अरुण काबेलीको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर लिलामी बिक्रीमा आवेदन परेका गोप्य शिल्ड बिड आज अर्थात कार्तिक २० गते खोलिएको छ।  

सेयर लिलामको गोप्य शिल्ड आज बिहान देखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिएको थियो।

अरुण काबेलीको खोलिएको अवितरित हकप्रद सेयरको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको छ । यधपि लिलाम कबुल गरेका चेकहरु साटिन भने बाँकी रहेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ। 

अरुण काबेली पावर लिमिटेडले २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गते सम्म अवितरित हकप्रद सेयर लिलामीमार्फत खुलाएको थियो।

कम्पनीले १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा सर्वसाधारणतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता सेयरमा आवेदन परेको थिएन ।

लिलामीमा सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिले सेयर पाउने छ । त्यसपछि सोही रितले सेयर संख्या कायम रहँदासम्म बाँडफाँड जारी रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको