Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको २५ मेगावाट परियोजनाको विद्युत उत्पादन पुन सुचारु

अर्थ संसार

बुधबार, १० माघ २०८०, १२ : १५ मा प्रकाशित

अरुण काबेलीको २५ मेगावाट परियोजनाको विद्युत उत्पादन पुन सुचारु

अरुण काबेली पावर लिमिटेडले फेरि  विद्युत उत्पादन पुन शुरु गरेको छ।  कम्पनीको परियोजना काबेली बी–१ जलविद्युत आयोजनको विद्युत उत्पादन कम्पनीले फेरि सुचारु गरेको हो। 

काबेली बी-१ जलविद्युत आयोजनले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट उत्पादन गर्ने छ। 

यस कम्पनीको जेठ ३२ २०८० मा  पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भइ काबेली बी-१ जलविद्युत आयोजनको विद्युत उत्पादन बन्द भएको थियो। 

कम्पनीले सोको मर्मत तथा संभार गरी माघ १०  गते बिहान ३ बजे देखि आयोजन पुन सञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुन शुरु भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको