Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो ङादी ग्रुपकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ११ : ०१ मा प्रकाशित

अघि बढ्यो ङादी ग्रुपकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

कम्पनीकाे असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले  २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

ङादी ग्रुप पावर लिमिटेड कम्पनीले लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61909d0323dc6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको