Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना धुलिखेलमा जिपलाइन खेल्दै

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १६ : २० मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना धुलिखेलमा जिपलाइन खेल्दै

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना धुलिखेल पुगेर 'धुलिखेल जिपलाइन'मा जिपलाइन खेलेका छन् ।

संसदिय रिपोर्टिङ गर्ने पत्रकारहरुकालागी आयोजना गरिएको एक कार्यक्रमको शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा (३८ वर्ष) (अध्यक्ष) र काठमाडौका भुपेश श्रेष्ठ (२९ वर्ष) ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् । 

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि  ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौँबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। 

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको