Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्री आम्दानीसंगै घट्यो चिलिमे हाइड्रोपावरको नाफा

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०८ : ३६ मा प्रकाशित

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी २० करोड ९८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ जुन गत आर्थिक बर्षको तुलनामा ६.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ  । कम्पनीले विद्युत् बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ३५ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँँ १५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः
 

6191cc3da3b91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको