Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरको तेस्रो त्रैमास : नाफा सामान्य बढ्यो, ईपीएस कति ?

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १० : ५८ मा प्रकाशित

चिलिमे हाइड्रोपावरको तेस्रो त्रैमास : नाफा सामान्य बढ्यो, ईपीएस कति ?

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण निकालेको छ।

यस अवधि सम्म चिलिमे हाइड्रोपावरले सामान्य नाफा बढाएको छ।  यस चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ ८३ हजार खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो।कम्पनीको सञ्चालन आम्दानी घटेर ५० करोड ९६ लाख रुपैयाँ भएको छ। 

कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ।  कम्पनीले चैत मसान्तसम्ममा विद्युत बिक्री मार्फत ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १९ हजार कम हो । 

चिलिमे हाइड्रोपावरको प्रतिशेयर आम्दानी भने ९ रुपैया ३२ पैसामा सिमित भएको छ ।तेस्तै प्रतिशेयर आम्दानी १४३ रुपैयाँ २३ पैसा ,  मूल्य आम्दानी अनुपात ५०.९३ गुणा, प्रति सेयर नेटवर्थ १४३.२३ रुपैया, प्रति सेयर कुल सम्पत्तिको मूल्य १४९.६० र तरलता अनुपात १६.९९  रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ घटेर ३ अर्ब १३ करोड रुपैयाँको भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको