Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर खातामा!

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ०८ : ०३ मा प्रकाशित

चिलिमे जलविद्युतका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर खातामा!

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको छ। कम्पनीको २८औं वार्षिक साधारणसभा द्वारा पारित निर्णयअनुसार सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाइएको छ।

कम्पनीले पुस १६ गते बुक क्लोज गरेको थियो। त्यसअघि कायम रहेका सेयरधनीहरूलाई चैत १३ गतेदेखि बोनस सेयर उपलब्ध गराइएको छ।

अहिलेसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरू ले डिम्याट प्रक्रियासँगै बोनस सेयर प्राप्त गर्न सक्नेछन्। सेयर अभौतिकीकरण गरेपछि बोनस सेयर स्वतः खातामा जम्मा हुने कम्पनीले जनाएको छ।

चिलिमे जलविद्युत कम्पनीको सेयर व्यवस्थापन कार्य सिद्धार्थ क्यापिटल लिमिटेड ले गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको