Like us!
Follow us!
Connect us!
Watch us!

सहमति नहुँदा चिलिमे जलविद्युतको साधारणसभामा भोट खस्यो, तुल्सिराम ढकाल सहित अरु तीन विजयी

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १० : २८ मा प्रकाशित

सहमति नहुँदा चिलिमे जलविद्युतको साधारणसभामा भोट खस्यो, तुल्सिराम ढकाल सहित अरु तीन विजयी

चिलिमे जलविद्युत कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा सहमति नहुँदा शुकबार मतदान नै भएको छ। 

चिलिमेको २७औं वार्षिक साधारणसभाले एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन तय गरेको थियो। तर प्रतिस्पर्धीहरुले सर्वसम्मति नगर्दा शुक्रबार भोट खसाल्ने अवस्था नै सिर्जना भयो। 

सभा राष्ट्रिय सभागृह सम्पन्न साधारणसभमा महिला संचालकमा शान्ति लक्ष्मी शाक्य र तारा ढकाल बिच प्रतिस्पर्धा रह्यो। जसमा शान्ति लक्ष्मी शाक्यले ४३ लाख २१५ मत सहित विजयी भइन। तारा ढकालले ५३ हजार ९७७ मत प्राप्त गरेकी थिईन। 

अरु तीन संचालकमा  तुल्सिराम ढकाल, राम प्रसाद रिमाल, भिम प्रसाद तिमल्सिना र सिताराम थापा बीच प्रतिस्पर्धा भयो। 

जसमा तुल्सिराम ढकालले १ करोड ९२ लाख २८ हजार ११६ मत सहित संचालकमा विजय भए भने राम प्रसाद रिमाल ८३ लाख ६३ हजार ६४२ मत सहित विजय बने।  भिम प्रसाद तिमल्सिना - ६९ लाख ८३ हजार ४८४ मत सहित विजयी भए। अर्को प्रतिष्पर्धी सिताराम थापाले ५२ लाख १४ हजार ५८१ मत प्राप्त गर्दा संचालक बन्न असफल रहे। 

कम्पनीको सभा यस बाहेक गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्यो। 

तेस्तै आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन=,लेखापरीक्षको प्रतिवेदन पारित गर्दै  आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण पनि तय गर्यो। 

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको