Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउन

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १० : ४९ मा प्रकाशित

अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउन

अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउनबाट करिव २० लाख मानिस प्रभावित हुनेछन् । कोभिड संक्रमणका बिरामी बढेसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको हो ।

प्रतिबन्धपछि उनीहरू नियमित काम गर्न, अत्यावश्यक खानेकुरा किनमेल गर्न र खोप लगाउनजस्ता आधारभूत कार्यबाहेक घर छोड्न पाउने छैनन् । ‘यस कदमलाई हामीले हल्का रूपमा लिएका छैनौं, पालना नगर्नेलाई कडा कारबाही हुन्छ,’,अस्ट्रेलियाका चान्सलर अलेक्जेन्डर च्यालेनवर्गले भने ।

प्रतिबन्ध उल्लंघन गर्नेलाई एक पटकमा ९० युरोसम्म जरिवान हुनेछ ।  अस्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको