Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्मासँग नाडा प्रतिनिधि मण्डलको भेट

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ११ : १३ मा प्रकाशित

अर्थमन्त्री शर्मासँग नाडा प्रतिनिधि मण्डलको भेट

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले  माननीय अर्थमन्त्री जनार्दन शर्मासँग हिजाे मन्त्रालयमा भेट गरेको छ ।  

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा शतप्रतिशत वृद्धि भएको र चालु आर्थिक वर्षमा अझ वृद्धि हुने बताउँदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरेका छन् । 

सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मसिंर २२ गते काठमाण्डौँमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ । 

त्यसैगरी, उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो । 
                                                                                                                                                          
                                                                   
                                                                        

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको