Like us!
Follow us!
Connect us!
Watch us!

सेयर अभौतिकीकरण गराउन साहस उर्जाको आग्रह

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १२ : ०९ मा प्रकाशित

सेयर अभौतिकीकरण गराउन साहस उर्जाको आग्रह

साहस उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा आयाेजना प्रभावित बासिन्दा (स्थानीय) शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गरेको सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको भन्दै सेयर अभौतिकीकरण नगरेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दा शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न अनुराेध गरेकाे हाे ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल,चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बटवल र गाछीचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खाता नं अद्यावधिक गरिसकेपछि मात्र आफ्नो सेयर हितग्राही खातामा प्राप्त हुनेछ ।

त्यसैगरी, संस्थापक शेयरधनीको हकमा भने शेयरधनीले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्न सक्ने सूचनामा उल्लेख छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको