Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, ०७ : ३५ मा प्रकाशित

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर

आज मंसिर ४ गते, बिहीबार, सोल्टी होटल र साहस उर्जाका सेयरधनीका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुबै कम्पनीले भोलि बुकक्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा सेयर कायम गरेको अवस्थामा मात्रै साधारण सभा तथा प्रस्तावित लाभांश प्राप्त गर्न सकिनेछ।

सोल्टी होटलको बुकक्लोज र साधारण सभा

सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले यही मंसिर २८ गते, आइतबार, काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा आफ्नो ५१ औँ वार्षिक साधारण सभा आयोजित गर्नेछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्नेछ।सभा बिहान १० बजे सुरु हुनेछ।

साहस उर्जाको एकदिने बुकक्लोज र साधारण सभा

साहस उर्जाले भोलि मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। कम्पनीले मंसिर २४ गते, बुधबार, काठमाडौँस्थित कार्की ब्याङ्क्वेट, बबरमहलमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।सभाको समय बिहान ११ बजे तोकिएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर रकर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

साहस उर्जाले अघिल्लो साधारण सभाले पारित गरेको १ बराबर १ अनुपातको हकप्रदलाई परिमार्जन गर्दै, बोनस सेयरसमेत समायोजन भएपछि कायम हुने चुक्ता पूँजीका आधारमा १ बराबर १ अनुपातमै हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सभामा टेबुल गर्नेछ।

यसबाहेक प्रबन्धपत्र तथा नियमावली परिमार्जनको अधिकार संचालक समितिलाई प्रदान गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य एजेन्डाहरू पनि सभामा पेश हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको