Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा तेह्रथुम पावर र साहस उर्जाको काराेबार सुरू, कुनकाे कतिमा भयो पहिलाे कारोबार ?

नेप्से

आइतबार, १४ कार्तिक २०७८, ११ : १९ मा प्रकाशित

दोस्रो बजारमा तेह्रथुम पावर र साहस उर्जाको काराेबार सुरू, कुनकाे कतिमा भयो पहिलाे कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे पहिलो कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र साहस उर्जा कम्पनी लिमिटेडको आज (आइतबार) पहिलाे काराेबार भएकाे हाे ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलाे काराेबार प्रतिकित्ता २ सय ५४ रूपैयाँ २ पैसामा भएकाे छ । त्यस्तै, साहस उर्जा कम्पनी लिमिटेडको पहिलाे काराेबार ४ सय ५ रूपैयाँ ३ पैसामा भएकाे छ ।

बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेडकाे ४० लाख कित्ता र साहस उर्जा कम्पनी लिमिटेडको ३ कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

त्यसैगरी, नेप्सेले तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म र साहस उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । दुवै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट खुलेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको