Like us!
Follow us!
Connect us!
Watch us!

७५ प्रतिशतले बढ्याे साहस उर्जाको नाफा, अधिकांश सूचकमा चमक

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, १३ : ३० मा प्रकाशित

७५ प्रतिशतले बढ्याे साहस उर्जाको नाफा, अधिकांश सूचकमा चमक

साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ५८ करोड १३ लाख ४३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३३ करोड १२ लाख ८१ हजार रूपैयाँ नाफा कमाएकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे कुल आम्दानी पनि ७४ प्रतिशतले बढेर ५८ करोड ३९ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे विद्युत बिक्री आम्दानी ३३ कराेड ४१ लाख ४१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९८ करोड ३० लाख ७१ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6278c7f255045.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको