Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

सोमबार, २९ कार्तिक २०७८, १३ : ५६ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

त्यसैगरी, अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे हाे । अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

6192130380973.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको