Like us!
Follow us!
Connect us!
Watch us!

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १४ : ४९ मा प्रकाशित

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए

अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। 

आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो।

अष्ट्रेलियालाई जितका लागि १७३ रन आवश्यक थियो। अस्ट्रेलियाको जितमा मिचेल मार्स र डेभिड वार्नरको अर्धशतकले महत्वपूर्ण भूमिका खेलेका थिए। यो जितसँगै अस्ट्रेलियाले टी-२० विश्वकपअघि लगातार पाँचवटा द्विपक्षीय शृङ्खलामा पराजयको दुःख पनि बिर्सेको छ। 

अस्ट्रेलियाली टिमको सेलिब्रेसनका तस्बिर र भिडियो भाइरल भइरहेका छन्। स्टिभ स्मिथले पनि एडम जाम्पाको प्रशंसा गर्दै सेल्फी पोस्ट गरेका छन्। अस्ट्रेलियाका खेलाडी म्याथ्यू वेड र मार्कस स्टोइनिसले जितपछि मनाइरहेको सेलिब्रेसन अनौठाे छ। यी जब वेडले आफ्नो जुत्तामा रक्सी पिए, स्टोइनिसले उनको पछाडि उस्तै विजयको उत्सव मनाइरहेको देखियो। 

ड्रेसिङ रूममा मनाइएको यस्तो उत्सवको भिडियो आईसीसीले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छ। यो भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ। यसबारे मानिसहरूले विभिन्न कुराहरू पनि गरिरहेका छन् । तर, कंगारू टोली आफ्नो जितको उत्सवमा यति मग्न छ कि उनीहरूलाई कुनै कुराको वास्ता छैन।

https://twitter.com/i/status/1460050405778284546

अष्ट्रेलियाले टस जितेर न्युजिल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थिए। कप्तान केन विलियम्सनले ४८ बलमा ८५ रन बनाए। जवाफमा अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन र कप्तान आरोन फिन्च मात्र पाँच रन बनाएर आउट भए। 

त्यसपछि मिचेल मार्स र डेभिड वार्नरको जोडीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितको दौडमा पुर्‍यायाे । वार्नर ५३ रनमा आउट भए, तर मार्सले ५० बलमा अविजित ७७ रन बनाए। अर्कोतर्फ ग्लेन म्याक्सवेल १८ बलमा २८ रन बनाएर नटआउट रहे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको