Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको सक्रियतासँगै सेयर बजारमा हरियाली, के दिगो रहला ?

नेप्से

सोमबार, २९ कार्तिक २०७८, १४ : ५४ मा प्रकाशित

अर्थमन्त्रीको सक्रियतासँगै सेयर बजारमा हरियाली, के दिगो रहला ?

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएको छ । तिहारपछि काराेबार भएकाे ४ दिन नै घटेकाे सेयर बजारले आज भने उकालाे यात्रा तय गरेकाे हो । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा १३ वटै उपसमूह उकालाे लागेका छन् । काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ । 

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार 'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । उनले आइतबार फेरि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए । आइतबार बेलुका नै राष्ट्र बैंकले ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेकाे थियाे । सेयर बजारमा यस निर्देशनकाे सकारात्मक प्रभाव परेकाे देखिएकाे छ ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेकाे थियाे । जस अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी व्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी व्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्नेछ। उदाहरणको लागि यदि अघिल्लो महिना 'क' वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत ८.५ प्रतिशत भएमा सोमा १० प्रतिशतले बृद्धि गरी कायम हुने ९.३५ प्रतिशतसम्म मात्र 'क' वर्गका बैंकले अधिकतम व्याजदर निर्धारण गर्न सक्नेछन्।

बैंकहरूकाे व्याजदर पनि नबढ्ने संकेत देखिएकाे छ । अधिकांश सूचिकृत कम्पनीहरूले पनि पहिलाे त्रैमासकाे राम्राे वित्तीय विवरण सार्वजनिक गरेका छन् । सूचिकृत कम्पनीहरूकाे लाभांश पनि धमाधम घाेषणा भइरहेकाे छ । माैद्रिक नीतिकाे समिक्षा पनि छिट्टै नै हुँदैछ । यी सबै कुराहरू हेर्दा दिर्घकालिन रूपमा सेयर बजार माथि नै जाने विश्लेषकहरूकाे तर्क छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेकाे छ । नेप्से ०.९८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

साेमबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३५ कराेड ४६ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बोटलर्स नेपाल तराईकाे सेयरमूल्य १० प्रतिशतले बढेर १३ हजार ७ रूपैयाँ ५० पैसा पुगेकाे छ । मानुषी लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २३ रूपैयाँ ६० पैसा पुगेकाे छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । 

आज एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले घटेकाे छ ।

याे पनि :

अहिलेको नेप्सेको विस्तृत प्राविधिक अध्ययन,आउने साता के होला? के कुरा ध्यान दिने ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको