Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलो पटक सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १६ : २१ मा प्रकाशित

नेपालमै पहिलो पटक सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने

नेपालमै पहिलो पटक सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएकाे छ । क्वालिटी ह्याचरी प्राइभेट लिमिटेडले मुलुकमानै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातीको प्यारेण्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्राण्ड प्यारेन्ट आयात गरेको हाे ।

स्वदेशमानै लोकल प्रजातिको सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेण्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त  हुनुका साथै हाल बजारमा स्थानिय स्तरमा बिकास गरिएका लोक प्रजातिको प्यारेण्टबाट भन्दा बढी संख्यामा र गुणस्तरिय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरु लाभान्वित हुनेछन् ।

यस क्रममा फ्रान्सको सासोबाट नेपाल आएका उक्त कम्पनीका टेक्निकल डाईरेक्टर डा. एचविन बेलेकले काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी गराएका छन् ।

कम्पनीले २०७९ वैशाख महिनाबाट प्यारेण्ट चल्ला उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको