Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफको नाफा ९६ प्रतिशतले घट्यो, इपिएस एक रुपैयाँ भन्दा कम

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, ०८ : ०० मा प्रकाशित

नेपाल लाईफको नाफा ९६ प्रतिशतले घट्यो, इपिएस एक रुपैयाँ भन्दा कम

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले  ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको  थियो । कम्पनीले सेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो ।

असोज मसान्तसम्म कम्पनीले ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ९.२१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ८ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले  ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ८६ करोड ९६ लाख रहेको छ  ।  

कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानीमा पनि गत बर्षको तुलनामा गिरावट आएको छ  । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेकोमा अहिले घटेर ३९ पैसामा सिमित हुन पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61931520094c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको