Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, ३० कार्तिक २०७८, १० : ०८ मा प्रकाशित

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ८ रुपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ३० रुपैयाँ ६० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सञ्चालक समिती बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

त्यसैगरी, आरएसडिसी​ लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ९२ रुपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।  

6193338e87a80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको