Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तले यसरी गर्याे प्रगति : प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँ पुग्दा नाफा कति ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १० : ५० मा प्रकाशित

जीवन विकास लघुवित्तले यसरी गर्याे प्रगति : प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँ पुग्दा नाफा कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३५.३९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ३८ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४४.२७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २६ करोड ५८ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

संस्थाकाे प्रतिसेयर आम्दानी १ सय १६ रूपैयाँ ११ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३ सय ७१ रूपैयाँ ७७ पैसा रहेकाे छ । संस्थाको चुक्ता पूँजी ६० कराेड ४० लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १ अर्ब ४९ करोड ७१ लाख ५७ हजार रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा संस्थाले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे छ । गत वर्ष संस्था ३ कराेड ९६ लाख ८३ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे छ । 

संस्थाले हालै मात्र प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

61933c03163c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको