Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको नाफा ९ प्रतिशतले बढ्यो, किन घट्यो इपिएस ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १० : २८ मा प्रकाशित

शिखर इन्स्योरेन्सको नाफा ९ प्रतिशतले बढ्यो, किन घट्यो इपिएस ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.२८ प्रतिशतले बढि हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाएको  थियो । 

असोज मसान्तसम्म कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा २.५३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ४३ करोड ४० रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले ४७ करोड २७ लाख रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रहेको छ ।  

कम्पनीको बढेको चुक्ता पुँजीको तुलनामा कम्पनीले आम्दानी बढाउन नसक्दा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानीमा भने गत बर्षको तुलनामा गिरावट आएको छ  । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५ पैसा रहेकोमा अहिले घटेर ३० रुपैयाँ ४ पैसामा सिमित हुन पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ७६ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको