Like us!
Follow us!
Connect us!
Watch us!

१३.६२ प्रतिशतले बढ्याे अपि पावरकाे विद्युत् बिक्री आम्दानी, नाफा कति छ ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, ११ : ५० मा प्रकाशित

१३.६२ प्रतिशतले बढ्याे अपि पावरकाे विद्युत् बिक्री आम्दानी, नाफा कति छ ?

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.३३ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले १० करोड ६४ लाख १ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी भने १३.६२ प्रतिशतले बढेर १६ करोड ८९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ११ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ६ रूपैयाँ १ पैसा रहेकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61934aabb6e33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको