Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको जीवन बीमा कोष ४ अर्ब नाघ्यो, बीमा शुल्क आर्जनमा पनि शतप्रतिशत वृद्धि

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १२ : २७ मा प्रकाशित

सिटिजन लाइफको जीवन बीमा कोष ४ अर्ब नाघ्यो, बीमा शुल्क आर्जनमा पनि शतप्रतिशत वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४०% ले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो ।

जीवन बीमा कोषको वृद्धिसँगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ६२ करोड ८ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु. १ अर्ब  २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४% ले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्ब ८९ करोड मध्ये करिब ७२.४७% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको